काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक फास्ट्रयाकबाट पास गर्ने एमालेको प्रस्तावले शंका उब्जाएको बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सो आशंका व्यक्त गरेका हुन् । उनले एमालेको प्रस्तावले शंका उब्जाएको र मन्त्रीमाथि छानबिन गर्न माग गरे ।
भूमि विधेयकमा समितिमा गहन छलफल गर्नुपर्ने उनको भनाइ छ ।
उनले लेखेका छन्,'पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भईरहैको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन। पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।'