Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बाढीपछि केरुङमा रोकिएका नेपाललाई आज स्वदेश ल्याइँदै

बाढीपछि केरुङमा रोकिएका नेपाललाई आज स्वदेश ल्याइँदै

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने भएका छन् ।

नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएको हो ।

गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए ।

नेपाल फर्कनेमा सवारी चालक र व्यवसायी र त्यहाँ घुम्न पुगेका मान्छे रहेका छन् । बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्‍याएका नेपालीलाई चीनले तातोपानी नाकासम्म पुर्‍याउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077