Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

नेपाल-भारत सिमा मैनाथपुरमा विवाद, एसएसबीले गोली चलायो

नेपाल-भारत सिमा मैनाथपुरमा विवाद, एसएसबीले गोली चलायो

बुधवार , श्रावण ७, २०८२

जनकपुरधाम । नेपाल–भारत सीमावर्ती क्षेत्र महिनाथपुरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले गोली चलाउँदा एक भारतीय किसान घाइते भएका छन् ।

धनुषा जिल्लाको विदेह नगरपालिका–१ स्थित महिनाथपुर सीमा क्षेत्रमा गोली चलाइएको हो । बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ मैनाथपुर क्षेत्रमा किसानहरूले खाद्य सामग्री ल्याउने क्रममा उत्पन्न विवादपछि भारतीय एसएसबीले चार राउण्ड गोली प्रहार गरेको पुष्टि भएको छ ।

गोली प्रहारमा भारतीय नागरिक ४५ वर्षीय भर्ता पासमान घाइते भएका छन् । स्थानीय व्यापारी लामोहन पासमानसँगको विवादलाई नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गरिएको र त्यस क्रममा भर्ता पासमानको दाहिने कम्मरमा दुई राउण्ड गोली लागेको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नेपाली सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

घटनापछि नेपालतर्फ सशस्त्र प्रहरी बल मधेश प्रदेश अन्तर्गत छिन्नमस्ता वाहिनीका अनुसार महिनाथपुर सीमा क्षेत्र तत्कालका लागि बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077