Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती - अडियो घुसकाण्डमा संलग्नलाई पक्राउ गर्नू

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती - अडियो घुसकाण्डमा संलग्नलाई पक्राउ गर्नू

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीले अडियो घुसकाण्डमा मुछिएका पूर्व सामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधार मन्त्रीलाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै शाहीले नैतिकताको प्रश्न उठाउँदै उनले यस्तो माग गरेका हुन् । उनले यसबारे तत्काल कदम चाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।

उनले भनेका छन्, ‘अलिकति मात्र नैतिकता बाँकी छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधार मन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखेर छानबिन गर्नुपर्छ।’

उनले खुला रूपमा घुस लिएको अडियो सार्वजनिक भइसक्दा पनि सरकारले ढाकछोप गर्न खोज्नुले प्रधानमन्त्री र उनको सचिवालयमाथि नै प्रश्न उठेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077