Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अबदेखि आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्न निर्देशन

अबदेखि आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्न निर्देशन

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । अबदेखि प्रहरीले विभिन्न अपराधमा पक्राउ परेका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले सोमबार मातहतका सम्पूर्ण इकाईहरूलाई परिपत्र जारी गर्दै उक्त व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूको न्यायिक प्रक्रिया समाप्त नहुञ्जेल तस्बिर तथा भिडियो सार्वजनिक नगर्नु उचित हुने भन्दै पत्राचार गरिएको छ ।

अबदेखि गम्भीर अपराधमा संलग्न रहेको आशंकामा पक्राउ परेका आरोपितको नाम र ठेगाना मात्र सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077