Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

चीनतर्फ रोकिएका २०३ नेपालीलाई कोदारी नाकाबाट नेपाल ल्याइयो

चीनतर्फ रोकिएका २०३ नेपालीलाई कोदारी नाकाबाट नेपाल ल्याइयो

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले पुल बगाउँदा चीनतर्फ रोकिएका २०३ नेपाली बुधबार फर्किएका छन् ।

बाढीले नेपाल र चीन जोड्ने केरुङ पुल बगाउँदा केरुङ नाकामा फसेका नेपालीलाई चिनियाँ सरकारले केरुङ हुँदै सिन्धुपाल्चोकको कोदारी सीमासम्म पुर्‍याएको हो ।

कोदारी नाकाबाट भने नेपाल सरकारले ल्याएको बताइएको छ । गत असार २४ गते आएको बाढीले रसुवाको केरुङ पुल बगाउनुका साथै ठूलो जनधनको क्षति गरेको थियो ।

बाढीले पुल र सडक भत्काएपछि नाकाको तिब्बततर्फ रहेका ७२ जना कन्टेनर चालकलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077