Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सर्लाहीमा लाखौं मूल्य बराबरको तस्करीको कपडा र चुरोट बरामद

सर्लाहीमा लाखौं मूल्य बराबरको तस्करीको कपडा र चुरोट बरामद

बिहिवार , श्रावण ८, २०८२

सर्लाही । सर्लाही जिल्लामा सशस्त्र प्रहरीले ठुलो परिमाणमा भारतबाट तस्करी गरी ल्याइएको अवैध सामान बरामद गरेको छ ।

ईश्वरपुर नगरपालिका–१ स्थित चौलिखा बजारको एक गोदाममा बुधबार राति सशस्त्र प्रहरीले छापा मारेर करिब ३० पोका कपडा र चुरोट नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी १० नम्बर गण हेडक्वार्टर सर्लाहीका प्रमुख एसपी देवबहादुर चन्दको नेतृत्वमा गएको टोली र मलंगवा भन्सार कार्यालयका भन्सार अधिकृत डम्बरबहादुर बस्नेतको संयुक्त प्रयासमा उक्त सामान बरामद गरिएको हो ।

प्रारम्भिक अनुमान अनुसार बरामद सामानको मूल्य लाखौं रुपैयाँ बराबरको हुन सक्ने आशंका गरिएको छ।

एसपी चन्दले गोदामबाट २८ देखि ३० पोका कपडा र चुरोट बरामद गरिएको पुष्टि गर्दै ती सामानको मूल्य यकिन गर्ने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । बरामद सामग्री भन्सार दाखिला गर्ने प्रक्रिया समेत अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077