सप्तरी । सप्तरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अग्निसाइर कृष्णासवरन गाउँपालिका–६, मोहनपुरमा बिहीबार सर्पदंशबाट ५० वर्षीया श्रीमती संगीता राईको मृत्यु भएको हो ।
तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ ।