Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

बिहिवार , श्रावण ८, २०८२

एजेन्सी । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ ।

उसले सन् २०२६ को अन्त्यसम्ममा बाहिरिने निर्णय गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार युनेस्कोले सामाजिक र सांस्कृतिक विषयमा ‘विवाद सिर्जना गर्न सक्ने’ नीतिहरू अघि बढाएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

विशेषतः प्यालेस्टाइनलाई सदस्यता प्रदान गरिएको निर्णयले अमेरिकाको आधिकारिक नीतिसँग असामञ्जस्य देखिएको ट्रम्प प्रशासनले जनाएको छ । युनेस्कोका महानिर्देशक औड्रे अजोउले अमेरिकी निर्णयलाई ‘दुःखद’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077