Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १५ घाइते

बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १५ घाइते

बिहिवार , श्रावण ८, २०८२

बाजुरा । बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हिमाली गाउँपालिका-५ किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बाप्र ०३००१ ज ०३३८ नम्बरको जीप बिहीबार बिहान टुनीगडामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका-५ की ७६ वर्षीया बाजा रोकाया र सोही गाउँकी ७५ वर्षीया विजौरा रोकाया रहेका छन् । दुर्घटनामा कम्तिमा १५ जना बढी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतलाई उपचारका लागि अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077