Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भारतबाट आएका थिए टिकटक बनाएर एउटै डोरीमा झुण्डिएका दिदी बहिनी

भारतबाट आएका थिए टिकटक बनाएर एउटै डोरीमा झुण्डिएका दिदी बहिनी

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतबाट भागेर आएको खुलेको छ

बिहीबार बिहान पौने ७ बजेतिर मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टीटारमा दिदीबहिनी मृत फेला परेका थिए।

दुई तले घरको भुइँ तलामा डेरा गरी बस्दै आएका दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

१७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सिर्जना कँडेल मृत भेटिएका हुन्। दुवै जना एकै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

घटनाबारे घरधनीले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

प्रहरीले अहिले घटनास्थलको प्रारम्भिक मुचुल्का गरी थप अनुसन्धान अघि बढाइसकेको छ।

मृतकहरू दुवै जना सुर्खेत पञ्चपुरी नगरपालिका–८ का रहेको खुलेको छ। उनका आमा–बाबु भारतको मुम्बईमा छन्। उनीहरू १०–१५ वर्षदेखि नै भारतमा काम गर्दै आएका थिए।

मेनुका र सिर्जना पनि भारतमै हुर्किएका थिए। उनीहरू करिब १५–२० दिनअघि मुम्बईबाट भागेरे नेपाल आएको खुलेको छ ।

परिवारले प्रहरीलाई यसबारे जानकारी गराएपछि अन्तिम लोकेशन भारतको गोरखपुर देखिएको थियो। त्यसपछि उनीहरू सम्पर्कविहीन थिए।

तर त्यहाँबाट उनीहरू दुवै जना नेपाल आएर भक्तपुरको बोडेमा डेरा गरी बस्न थाले। घरबेटीलाई आफूहरू विद्यार्थीहरू हौं भनेर डेरामा बसेका थिए।

बुबाले नेपालकै कुनै होटलमा काम गरिरहेको भन्ने जानकारी उनीहरूले दिएका थिए।

दिदीबहिनी मृत फेला परेपछि एक जना आफन्त प्रहरीको सम्पर्कमा आएकी छन्। बुबा पनि भारतबाट नेपाल आउँदैछन्।

प्रहरीले घटनास्थलबाट उनीहरूको मोबाइल बरामद गरेको छ। मोबाइलमा अन्दाजी गए राति २ बजेतिर टिकटक भिडिओ बनाएको पनि भेटिएको छ।

उनीहरूले टिकटकमा डोरीसमेत देखाएको प्रहरीले जनाएको छ। घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन।

प्रहरीले उनीहरूको शव पोष्टमर्टमको लागि अस्पतालमा पठाएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077