Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

बिहिवार , श्रावण ८, २०८२

जनकपुरधाम । धनुषामा विद्युतीय मोटर चलाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।

धनुषाको हंसपुर नगरपालिका–३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको मृत्यु भएको हो ।

बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लागेर उनी घाइते भएका थिए ।

उपचारका लागि स्थानीय क्लिनिक हंसपुरमा लगिएकोमा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077