ललितपुर । ललितपुरको टिकाथलीमा सात लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । महालक्ष्मी नगरपालिका–५ टिकाथलीमा डेरा गरी बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ घर भएकी २० वर्षीया निर्मला केसीको कोठाबाट बुधबार साँझ ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
कोठाबाट नगद तथा नगद समेत गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्र
हरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।