Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भूमि विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइने

भूमि विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइने

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । भूमिसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइनेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

सभामुखले निर्णयार्थ पेस गरेको प्रस्तावलाई सभाले ध्वनि मतद्वारा समितिमा पठाउन स्वीकृति दिएको हो ।

विधेयकमा घरजग्गा व्यवसायीले राखेको हदरबन्दीभन्दा धेरै जग्गा बिक्री गर्न दिने, अव्यवस्थित बसोबासीका नाममा सार्वजनिक जग्गा बाँड्नेदेखि कृषि क्षेत्रको जग्गासमेत कित्ताकाट गरेर बेच्न पाउनेसम्मका विवादास्पद प्रावधान छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077