Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ऐतिहासिक व्यापार सम्झौतापछि राजा चार्ल्स र प्रधानमन्त्री मोदीबीच भेटघाट

ऐतिहासिक व्यापार सम्झौतापछि राजा चार्ल्स र प्रधानमन्त्री मोदीबीच भेटघाट

शुक्रवार , श्रावण ९, २०८२

एजेन्सी । बेलायतका राजा चार्ल्सले स्यान्डरिङहम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

बेलायत र भारतबिच स्वतन्त्र व्यापार सम्झौता मा हस्ताक्षर भएपछि राजा चार्ल्सले मोदीलाई भेटेका हुन् ।

प्रधानमन्त्री कियर स्टारमरसँग चेक्वेर्समा भेटवार्ता गरी औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरेसँगै मोदीलाई राजाले आफ्नो नोर्फोकस्थित निजी निवासमा स्वागत गरेका थिए।

स्यान्डरिङहमको भ्रमणका क्रममा मोदीले चार्ल्सलाई शरद ऋतुमा रोप्नका लागि एउटा रूख उपहार दिए ।

यो अर्बौँ पाउण्डको निर्यात वृद्धिको सम्झौताअन्तर्गत अब बेलायती कार र ह्विस्की भारत निर्यात गर्न सस्तो हुनेछ भने भारतीय कपडा र गरगहना बेलायत निर्यात गर्न सस्तो हुनेछ। यो सम्झौतामा पुग्न तीन वर्ष लागेको थियो र यसले अवैध आप्रवासन नियन्त्रणका लागि भारत(बेलायतको नयाँ योजना पनि समावेश गर्दछ।

स्टारमरले यो सम्झौता ब्रेक्जिटपछि बेलायतले गरेको ‘सबैभन्दा ठुलो र आर्थिक रूपमा महत्त्वपूर्ण’ व्यापार सम्झौता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077