Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठकमा उपनिर्वाचनबारे छलफल

कांग्रेस पदाधिकारी बैठकमा उपनिर्वाचनबारे छलफल

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी,पूर्वपदाधिकारी बैठकमा रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनबारे छलफल भएको छ ।

आउँदो कार्त्तिक १७ गते हुन लागेको उपनिर्वाचन र त्यहाँको पार्टीको अवस्थाबारे बैठकमा छलफल भएको हो ।

सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान कांग्रेसका मन्त्री, पदाधिकारी र पूर्वपदाधिकारी र सातै प्रदेशका नेतासहितको बैठक बोलाएका थिए ।

विभिन्न नेताहरूले रुपन्देही-३ को अहिलेको वस्तुगत स्थितिबारे ब्रिफिङ गरेका हुन् । पार्टीभित्र सम्पूर्ण रुपले एकताका साथ जाने कुरा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077