Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नक्कली रिपोर्टबाट मन्त्रीहरू मुक्त बनून्, काम हुनुपर्छ : गोकुल बाँस्कोटा

नक्कली रिपोर्टबाट मन्त्रीहरू मुक्त बनून्, काम हुनुपर्छ : गोकुल बाँस्कोटा

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारले जनताप्रति जिम्मेवारी देखाउन असफल भएको भन्दै कडा आलोचना गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बाँस्कोटाले “दुईतिहाइको सरकार” भनेर गर्व गर्न मात्र होइन, वास्तविक काम देखिनुपर्ने बताएका हुन् ।

काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सीमामा चार वर्षअघि १४ करोड रुपैयाँको लागतमा सुरु गरिएको पुल निर्माण अझै अलपत्र रहेको उल्लेख गर्दै बाँस्कोटाले सरकारी संयन्त्रमाथि गम्भीर प्रश्न उठाए।

“ह्वांग दुईवटा पिल्लर उठ्या छ, एउटा फक्ल्याँटो हाल्या छ। बाँकी यतापट्टि बनाएको छैन। १० चोटि भनिसकियो, कान खुल्दैन,” उनले आक्रोश पोख्दै भने, “दुईतिहाइ भनेर मात्रै भएन, कागजको रिपोर्ट दिएर मात्रै भएन, अब काम हुनुपर्छ।”

उनले काभ्रेको चाखोला पुलको अवस्था पनि उस्तै रहेको जनाउँदै विकास परियोजनाहरूको नक्कली प्रगति रिपोर्ट बनाउने प्रवृत्तिको आलोचना गरे।

“कामचाहिँ केही पनि भएको छैन, तर रिपोर्ट हेर्दा सबै सकिएको देखिन्छ। यसरी जनतालाई झुक्याउने काम अब बन्द हुनुपर्छ,” बाँस्कोटाले थपे, “मन्त्रीहरू यस्तो नक्कली रिपोर्टको चक्रबाट मुक्त हुनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077