Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विवादास्पद सेयर लगानीकर्ता अग्रवाललाई चार दिनको म्याद थप

विवादास्पद सेयर लगानीकर्ता अग्रवाललाई चार दिनको म्याद थप

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । विवादास्पद सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

प्रहरीको अनुरोधमा काठमाडौं जिल्ला अदालतले शुक्रबार उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि उनलाई तीन दिनको म्याद दिइएको थियो।

अग्रवाललाई साउन ५ गते काठमाडौंको टोखा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि एक पीडितले २२ करोड रुपैयाँ ठगी गरेको गम्भीर आरोप लगाएका छन् ।

दीपेन्द्र अग्रवाल सेयर बजारमा पटकपटक विवादमा आउने नाम हो । अग्रवालले आफूले पहिले नै किनेको सेयर सस्तो मूल्यमा सिफारिस गर्दै सर्वसाधारणलाई उस्काउने र त्यसपछि उच्च मूल्यमा बेचेर बजारबाट बाहिरिने अभ्यास गर्दै आएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077