Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

काठमाडौं महानगरमा सार्वजनिक स्थलमा धुम्रपान गरे ५०० जरिवाना, पार्किङ र विज्ञापन उल्लंघनमा लाखसम्मको सजाय

काठमाडौं महानगरमा सार्वजनिक स्थलमा धुम्रपान गरे ५०० जरिवाना, पार्किङ र विज्ञापन उल्लंघनमा लाखसम्मको सजाय

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा अनुशासन कायम गर्न कडा नीति अवलम्बन गर्दै धुम्रपानदेखि अवैध पार्किङ, फोहरयुक्त प्रचार सामग्री र बिना अनुमति गरिएको विज्ञापनमा भारी जरिवाना लगाउने निर्णय गरेको छ ।

हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक ऐन, २०८२/८३ मार्फत यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थानमा अत्यधिक धुम्रपानका गुनासा बढेपछि कानुनलाई कार्यान्वयन गर्न जरिवानाको व्यवस्था गरिएको छ ।

निजी सम्पत्ति बाहेकका सबै सार्वजनिक स्थलमा धुम्रपान निषेध गरिएको छ। ऐन अनुसार, उल्लंघन गरे हरेकपटक ५ सय जरिवाना लाग्ने उनले बताए ।

पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका तीनपारी सवारी साधन मोटरसाइकल स्कुटरलाई एक हजार जरिवाना गरिनेछ ।

सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिने छ । मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिवाना गरिनेछ । त्यस्तै, सबै किसिमका ठूला सवारी साधन, बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ । प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एकलाखसम्म जरिवाना हुन सक्नेछ ।

पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिबाना तोकिएको छ ।

खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्विकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवना तोकिएको छ ।

सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ । सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, बिरुवामा क्षति पुर्‍याएमा पाँचसयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ ।

महानगरले ऐनको कार्यान्वयनमा विशेष निगरानी टोली परिचालन गर्ने तयारीसमेत गरेको छ। कानुन विपरीतका गतिविधिमा संलग्नलाई नछाड्ने भन्दै चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077