काठमाडौँ । लोकसेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले शुक्रबार एक सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजाअनुसार ७२ जना पास भएका छन् ।
साथै अन्तर्वार्ता तथा अन्य कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।