Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

थाइल्यान्ड–कम्बोडिया सीमामा गोलाबारी जारी

थाइल्यान्ड–कम्बोडिया सीमामा गोलाबारी जारी

शनिवार , श्रावण १०, २०८२

एजेन्सी । थाइल्यान्ड र कम्बोडियाबीचको सीमामा जारी तनावपूर्ण अवस्था थप खतरनाक अवस्थामा पुगेको छ । कम्बोडियाका अधिकारीहरूले शनिबार जानकारी दिएअनुसार सीमामा भएको झडपका कारण थप १२ जनाको मृत्यु भएको छ ।

हालसम्म दुवै देशमा कुल ३२ जनाको मृत्यु भइसकेको अलजजिराले जनाएको छ । मृतकहरूमा सैनिकहरूका साथै सर्वसाधारण पनि छन् । १३० जना घाइते भएका छन् ।

झडपका कारण दुवै देशका सीमावर्ती क्षेत्रबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा शरण लिनुपरेको बताइएको छ ।

थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार ५८ हजारभन्दा बढी मानिस प्रभावित जिल्लाहरूबाट निकालिएका छन् ।

कम्बोडियाका अधिकारीहरूले करिब २३ हजार मानिस आफ्नो घर छोड्न बाध्य भएको बताएका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएर दुवै पक्षलाई संयम अपनाउन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077