चितवन । चितवन प्रहरीले भारतीय ट्रकबाट ६७१ किलो ६ सय ग्राम गाँजा नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले राप्ती नगरपालिका–१ लोथर पुल नजिकबाट यूपी ८२ टी ३९२१ नम्बरको भारतीय ट्रकबाट उक्त गाँजा बरामद गरेको जानकारी दिए।
उनले काठमाडौंमा सामान पुर्याएर वीरगन्ज फर्कदै गरेको ट्रकमा गाँजा भेटिएको बताए ।
चालकको क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाई ४३ वटा पोका बनाएर खाखिएको अवस्थामा गाँजा फेला परेको हो ।
शनिबार बिहान ४ बजेतिर प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रक चालक भारत पुर्वी चम्पारण तुर्कालियाका ३७ वर्षीय शेख सविल अख्तरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।