Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

झापापछि सिरहामा पनि प्रहरीले चलायो गोली, लागूऔषध कारोबारी पक्राउ

झापापछि सिरहामा पनि प्रहरीले चलायो गोली, लागूऔषध कारोबारी पक्राउ

शनिवार , श्रावण १०, २०८२

काठमाडौं। सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीयलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरोहिरोइन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रहरी प्रवक्ता विरेन्द्रकुमार पासवानका अनुसार शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपालतर्फ बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका श्यामसुन्दरलाई प्रहरीले नवराजपुर गाउँपालिका–४ कुसण्डीमा रोक्न खोजेको थियो ।

तर नरोकी भाग्न थालेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको डीएसपी पासवानले बताए । पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यसअघि आजै लागूऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई नियन्त्रणमा लिन झापामा प्रहरीले गोली चलाएको थियो।

शनिबार दिउँसो झापाको भद्रपुर नगरपालिका–५ स्थित भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा हिँडिरहेका इस्लामलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्दै भाग्न प्रयास गरेका थिए।

सो क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको संयुक्त टोलीले दुई राउन्ड गोली प्रहार गरेको थियो। एक राउन्ड गोली मोहम्मदको बायाँ खुट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ।

लागूऔषध ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार गोली लागेका व्यक्ति भारतको किसनगन्ज, कोल्लिकोट थाना क्षेत्र निवासी अन्दाजी ३६ वर्षीय मोहम्मद इस्लाम हुन्।

प्रहरीले इस्लामको साथबाट करिब १२० ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। घाइते उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इस्लाममाथि थप अनुसन्धान भइरहेको पनि ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077