Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रसुवागढी नाकामा भोलिदेखि बेलिब्रिज निर्माण सुरु, भदौ ३० भित्र सम्पन्न गर्ने चिनियाँ तयारी

रसुवागढी नाकामा भोलिदेखि बेलिब्रिज निर्माण सुरु, भदौ ३० भित्र सम्पन्न गर्ने चिनियाँ तयारी

शनिवार , श्रावण १०, २०८२

काठमाडौं । नेपाल–चीन अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा भोलिदेखि अस्थायी बेलिब्रिज निर्माण सुरु हुने भएको छ । गत असार २४ गतेको भीषण बाढीले क्षतिग्रस्त मितेरी पुलको विकल्पस्वरूप चिनियाँ पक्षले यो पुल निर्माण गर्न लागेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार नेपाल र चीनबीच भएको समझदारीअनुसार चिनियाँ पक्षले भदौ ३० गतेभित्र बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सडक सम्पर्क अवरुद्ध बनेपछि रसुवागढी नाकामा लामो समयदेखि स्थगित रहेको दुईदेशीय सडक आवागमन पुनः सुचारु गर्न पुल निर्माणको काम अघि बढाइएको हो।

गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सीमा जोड्ने रसुवागढीस्थित मितेरी पुल पूर्णरूपमा भत्किएको थियो। त्यसयता रसुवागढी नाकाबाट हुने सम्पूर्ण व्यापारिक गतिविधि ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077