Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मनसुनी वायुको प्रभाव कमजोर, कहाँ छ भारी वर्षाको सम्भावना ?

मनसुनी वायुको प्रभाव कमजोर, कहाँ छ भारी वर्षाको सम्भावना ?

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहनुका साथै न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जसको प्रभावले आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।

देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यसैगरी महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077