Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

श्रीमतीको हत्या गरेपछि आफैंले गरे प्रहरीलाई खबर !

श्रीमतीको हत्या गरेपछि आफैंले गरे प्रहरीलाई खबर !

आइतवार , श्रावण ११, २०८२

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार बिहान करिब १ः३० बजे ४२ वर्षीय दानसिंह ठाडाले ४१ वर्षीया श्रीमती रविना ठाडामाथि चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

हत्या पछि फरार हुने अधिकांश घटनाहरूको विपरीत, ठाडाले आफैंले प्रहरीलाई फोन गरेर आफूलाई नियन्त्रणमा लिन आग्रह गरेका थिए ।

प्रहरीका अनुसार उनले पहिलो फोन वडाध्यक्षलाई गरेका थिए र त्यसपछि करेखोला प्रहरी पोष्टका हवल्दारसँग सम्पर्क गरेर हत्या गरेको स्वीकार गरेका थिए ।

उनको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले बिहान करिब २ः३० बजेतिर ठाडालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनास्थलको अनुसन्धान सुरु गरेको छ ।

घटनाको यकिन कारण अझै खुलिसकेको छैन। शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077