Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ठूलो परिमाणको लागुऔषधसहित चारजना भारतीय पक्राउ

ठूलो परिमाणको लागुऔषधसहित चारजना भारतीय पक्राउ

आइतवार , श्रावण ११, २०८२

मकवानपुर । मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित भारतीय नागरिकहरू पक्राउ परेका छन् ।

शनिबार बेलुका ८ बजे सशस्त्र प्रहरीको टोलीले इन्द्रसरोवर गाउँपालिका-२ हेवी चोकबाट लागुऔषध सहित चार जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर बताउने ४३ वर्षिय शेख सपुर, १९ वर्षिय निसाव आलम, २५ वर्षिय ओसिम अहमद र २४ वर्षिय शेख गजुर छन् ।

सशस्त्र प्रहरीका अनुसार भारतको सुगौलीबाट पर्साको वीरगन्ज हुँदै काठमाडौं आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको गाडी चेकजाँचका क्रममा गाडीको तीन वटा ढोकामा फल्स बटम बनाएर राखिएको लागुऔषध भेटिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुमध्ये २४ वर्षिय शेख गजुर उक्त गाडीको चालक रहेका छन् ।

बरामद लागूऔषधमा नोफिन २ हजार ४ सय वटा, डाइजेपाम २ हजार ४ वटा, प्रोमेथाइजन हाइड्रोक्लोराइड २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराइड क्याप्सुल ५ वटा रहेको छ ।

नियन्त्रणमा लिएकाहरुलाई बरामद लागूऔषध तथा गाडीसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077