Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

श्रीमानले गरे श्रीमतीको हत्या, प्रहरी र छोराछोरीलाई आफैंले दिए जानकारी

श्रीमानले गरे श्रीमतीको हत्या, प्रहरी र छोराछोरीलाई आफैंले दिए जानकारी

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । सुर्खेतमा एक पुरुषले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको वीरेन्द्रनगर-१३, करेखोला बस्दै आएका ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार हत्या गरेको प्रहरीले बताएको छ ।

हत्यालगत्तै ठाडामगर आफैले प्रहरीर विदेशमा रहेका छोराछोरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए ।

त्यस लगत्तै नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको र ठाडामगरलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर हत्या गरेका थिए । तर श्रीमतीको हत्या किन गरे भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077