Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

माछापोखरीबाट सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ

माछापोखरीबाट सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँ बस्ने २६ वर्षीय मिलन तामाङ छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार उनीहरुले माछापोखरीबाट एक महिलाको शनिबार साँझ ४ लाख ३८ हजार बराबरको सिक्री लुटेका थिए ।

खोजीको क्रममा शनिबार राति दुवैलाई माछापोखरीबाटै पक्राउ गरिएको एसपी बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077