काठमाडौं । नगर प्रहरीले काठमाडौंको बल्खुबाट एक अलपत्र बालिकाको उद्धार गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट अलपत्र अवस्थामा भेटिएकी सुस्मिता थिङ नाम गरेकी बालिकाको उद्धार भएको हो ।
ड्युटीमा खटिएका नगर प्रहरीको टोलीले ती बालिकालाई अलपत्र अवस्थामा भेटेको थियो ।
उनलाई अहिले बुवा सुरेश थिङको जिम्मा लगाइएको महानगरपालिकाको कार्यालयले जनाएको छ ।