Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रहरीमा ५.९५ प्रतिशत जनशक्ति खाली, २ हजार ७३ जना कारबाहीमा

प्रहरीमा ५.९५ प्रतिशत जनशक्ति खाली, २ हजार ७३ जना कारबाहीमा

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू बारे जानकारी गराएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले यसबारे जानकारी गराएका हुन् ।

साक्षातकारका क्रममा डिआईजी घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति खाली रहेको बताए।

विद्यमान जनशक्ति ९४.०५ प्रतिशत (७४ हजार ८ सय ६) रहेको पनि बताए। वरिष्ठ अधिकृतहरूको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको घिमिरले बताए।

उनकाअनुसार तल्लो आधारभुत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ।

त्यसैगरी, एक वर्षमा नेपाल प्रहरीका विभिन्न सुरक्षाकर्मीविरुद्ध ३ हजार ७ सयभदा बढी उजुरी परेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ३ हजार ७५३ उजुरी परेको हो ।

प्रवक्ता घिमिरेले उजुरी परेको बताउँदै ति मध्ये ८१ प्रतिशत पछ्यौंट भएको र ७ सय उजुरी भने छानबिनकै क्रममा रहेको बताए ।

इ–कम्प्लेन, अख्तियार, गृहमन्त्रालय, टोल फ्रि नम्बर, प्रहरी महानिरीक्षकको सचिवालय, प्रधानमन्त्रीको कार्यालय तथा हेलो सरकार, राष्ट्रिय सतकर्ता केन्द्र, व्यक्ति स्वयंममार्फत र हुलाकबाट उजुरी आउने गरेको प्रवक्ता घिमिरेले बताए ।

जसमध्ये सबैभन्दा बढी हेला सरकारमार्फत १९ सय ६ उजुरी आएको प्रहरीको तथ्यांक छ ।

साक्षातकार कार्यक्रममा एक वर्षमा २ हजार भन्दा बढी प्रहरी कर्मचारी कारबाहीमा परेको पनि जानकारी गराइयो । तथ्यांकअनुसार २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेको घिमिरेले बताए ।

यसरी कारबाही पर्नेमध्ये सबैभन्दा बढी तल्लो दर्जा प्रहरी जवान छ । २ हजार ७३ प्रहरी कारबाहीमा पर्दा प्रहरी जवानमात्रै ९२४ जना छन् ।

त्यसैगरी प्रहरी सहायक हवल्दार ४२०, प्रहरी हवल्दार ३४५ कारबाहीमा परेका छन् । असई १७३, सर्य ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९, इन्स्पेक्टर ३०, वरिष्ठ सई ९, एसएसपी १ र डीएसपी ३ जना कारबाहीमा परेका छन् ।

कार्यक्रममा उनले प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भैतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण समेत प्रस्तुत गरेका थिए ।

त्यसैगरी उक्त अवधिमा भएका नयाँ नियुक्तिको लागि सिफारिस, छनौटको क्रममा रहेका पदहरू, नयाँ नियुक्ति÷पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कारको साथै प्रशिक्षण सम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।

उनले एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्याङ्क, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरण सम्बन्धी तथ्याङ्क समेत प्रस्तुत गरे ।

एक वर्षको अवधिमा भएका चर्चित अपराधको अनुसन्धान सम्बन्धी विवरण, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता एवम् एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण बारे जानकारी दिएका उनले प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077