Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा मनी चेन्जर र रेष्टुरेन्ट सञ्चालक पक्राउ

विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा मनी चेन्जर र रेष्टुरेन्ट सञ्चालक पक्राउ

आइतवार , श्रावण ११, २०८२

पोखरा । प्रहरीले अमेरिकी डलर र युरोको अवैध कारोबार आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पोखरामा मनी चेन्जर र रेष्टुरेण्ट व्यवसाय चलाइरहेका तीन जना व्यवसायीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

उनीहरूका साथबाट प्रहरीले १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० युरो र ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली मुद्रा पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–४ चियादोकान घर भई हाल लेकसाइडमा हिलारी मनी चेन्जर कम्पनी चलाएका ४५ वर्षीय राजकुमार बुढाथोकी, पोखरा–१९ पुरनचौर घर भई लेकसाइडमा सगरमाथा मनी चेन्जर चलाएका ४३ वर्षीय खेमराज पौडेल र रूपन्देहीको सिद्धार्थ नगरपालिका–१३ हाटबजार घर भई रूपन्देही र पोखरामा रेष्टुरेण्ट चलाएका ४५ वर्षीय महुमुद्धिन एम अहमद रहेका छन्।

कास्की प्रहरीका अनुसार मनी चेन्जर सञ्चालकद्वय राजकुमार र खेमराजले रेष्टुरेण्ट सञ्चालक महुमुद्धिनलाई कमिसन लिएर अमेरिकी डलर र युरो बिक्री गर्दै आएका थिए ।

राष्ट्र बैंक ऐन अनुसार मनी चेन्जर कम्पनीले मुद्रा सटही गर्दा प्राप्त विदेशी मुद्रा बैंकिङ कारोबारमार्फत जम्मा गर्नुपर्ने भए पनि अर्को व्यक्तिलाई बिक्री गरिरहेको भेटिएको प्रहरीले जनाएको छ ।

पोखराको विरौटामा अवैध कारोबार भएको सूचना पाएपछि उनीहरूका साथबाट अमेरिकी डलर, युरो र नेपाली रूपैयाँ प्रहरीले बरामद गरेको हो।

विदेशी मुद्रा यसरी अवैध कारोबार गर्दा कति कमिसन लिए र महुमुद्धिनले कहाँ लैजान खोजेका थिए भन्नेबारे खुल्न बाँकी रहेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए।

उनीहरूलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएर प्रहरीले अनुसन्धानका लागि ७ म्याद थपेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077