काठमाडौं । नेपाल प्रहरी सेवाप्रति कर्मचारीहरूको आकर्षण घट्दो क्रममा देखिएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रस्तुत गरिएको तथ्यांकले पछिल्लो समय जागिरप्रतिको मोह घटेको संकेत गरेको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८१र८२ मा मात्र २ हजार ३६९ जनाले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरूमध्ये ४०१ जना वरिष्ठ प्रहरी अधिकृत छन् भने बाँकी १ हजार ९४९ जना अन्य दर्जाका कर्मचारी रहेका छन् ।
यस्तै उक्त वर्षमा प्रहरी संगठनबाट १२ हजार २२ जनाले पुरस्कार प्राप्त गरे पनि २,०७३ जनामाथि कारबाही पनि गरिएको छ ।