Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

आईजीपी थापाको नेतृत्वमा प्रहरीको उपलब्धि : बेरुजु फर्स्योटमा ‘सर्वोत्कृष्ट’देखि प्रविधि र कल्याणसम्म सुधार

आईजीपी थापाको नेतृत्वमा प्रहरीको उपलब्धि : बेरुजु फर्स्योटमा ‘सर्वोत्कृष्ट’देखि प्रविधि र कल्याणसम्म सुधार

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाको नेतृत्वमा नेपाल प्रहरीले ऐतिहासिक प्रगति हासिल गरेको छ ।

आइतबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२ को कार्य प्रगति विवरणअनुसार वित्तीय अनुशासन, प्रविधिमैत्री सेवा प्रवाह, संगठनात्मक सुधार, अपराध नियन्त्रण र प्रहरी कल्याणका क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त भएको हो ।

गत आर्थिक वर्षमा प्रहरी संगठनले फर्स्योट गर्नुपर्ने ९९ करोड २३ लाख रुपैयाँमध्ये ९१ करोड १२ लाख रुपैयाँ (९१.८२ प्रतिशत) फर्स्योट गर्न सफल भयो । यस आधारमा बेरुजु फर्स्योट मूल्याङ्कन तथा अनुगमन समितिले नेपाल प्रहरीलाई 'सर्वोत्कृष्ट' श्रेणीमा राखेको छ।

पक्राउ पुर्जी कार्यान्वयनमा उल्लेखनीय सुधार आएको छ । अघिल्लो वर्षको तुलनामा फरार अभियुक्त पक्राउमा ६५.१४ प्रतिशत वृद्धि भएको प्रहरीले जनाएको छ। बढ्दो आर्थिक तथा वित्तीय अपराध रोक्न ‘नेपाल प्रहरी आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा’ गठन गरिएको छ ।

साथै, अनलाइन ठगी (स्क्याम) नियन्त्रण गर्न ‘डिजिटल प्लेटफर्म’ अन्तिम चरणमा पुगेको छ भने प्रहरी संगठनलाई ड्रोन आक्रमणबाट जोगाउन ‘एन्टी-ड्रोन सिस्टम’ खरिद प्रक्रिया टुंगोमा पुगेको छ ।

आधारभूत तहका प्रहरीहरूलाई लक्षित गर्दै कर्जा लिन आवश्यक सेवा अवधि ७ वर्षबाट ५ वर्ष पुर्याइएको छ । सहुलियत कर्जा ४ लाखबाट ५ लाख, घर कर्जा १० लाखबाट २० लाख पुर्याइएको छ भने सबै कर्जामा १५ प्रतिशत ब्याजदर घटाइएको छ।

छात्रवृत्ति ८ हजारबाट १२ हजार पुर्याइएको छ । पूर्वप्रहरी र उनका परिवारले पनि नेपाल प्रहरी अस्पतालमा समान उपचार सुविधा पाउने व्यवस्था गरिएको छ। अस्पतालमा न्यूरोलोजी, न्यूरो सर्जरी र ईण्डोक्राइनोलोजी सेवाहरू थपिएका छन्।

देशभर ‘ई-चल्लन’, ट्राफिक भायोलेसन रेकर्ड सिस्टम र ट्राफिक कम्युनिकेसन एप सञ्चालनमा ल्याइएको छ । १५ वर्षभन्दा बढी समय एउटै ठाउँमा कार्यरत ट्राफिक प्रहरीको अनिवार्य सरुवा नीति लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077