Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासँग तीन लाख धरौटी माग

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासँग तीन लाख धरौटी माग

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । टेरामक्स सफ्टवेयर खरिद प्रकरणमा विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासँग ३ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार झासँग ३ लाख रुपैयाँ धरौटी माग गरेको हो । उनी अदालतले माग गरेको धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

झामाथि कानुनी प्रक्रिया नअपनाई विदेशी कम्पनी टेरामक्ससँग संलग्नता बढाउँदै नागरिकको गोप्य विवरणमा पहुँच दिने निर्णयमा संलग्न भएको अभियोग लागेको छ ।

यस प्रकरणमा तत्कालीन सञ्चारमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाउपर ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बस्नेतसँग अदालतले २५ लाख धरौटी माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077