Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रुकुमपश्चिम टिप्पर दुर्घटना : ठूलीभेरीमा बेपत्ता तीन जनाको शव भेटियो

रुकुमपश्चिम टिप्पर दुर्घटना : ठूलीभेरीमा बेपत्ता तीन जनाको शव भेटियो

सोमवार , श्रावण १२, २०८२

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा भएको टिप्पर दुर्घटनामा बेपत्ता भएका तीनै जनाको शव विभिन्न मितिमा सुर्खेतमा फेला परेको छ।

साउन ६ गते साँझ यति बिल्डर्स प्रा.लि.को टिप्पर (रा १ क १५०१) भेरी कोरिडोर सडकखण्डबाट भेरी नदीमा खस्दा टिप्पर चालक, अपरेटर र हेल्पर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डिएसपी प्रमेश बिष्टका अनुसार दुर्घटनामा बेपत्ता भएका रुकुमपश्चिम सानीभेरी गाउँपालिका–३ का ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुमपूर्व सिस्ने गाउँपालिका–८ का २० वर्षीय हरि विकका शव फेला परेका हुन्।

धनवीर बिकको शव आइतबार बेलुका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदी किनारमा फेला परेको थियो । सोमबार मात्रै मृतकका दाजुले शवको पहिचान गरेका हुन् ।

टिप्पर चालक मनिराम चौधरी र जेसिभी हेल्पर हरि विकको शव यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ खोचीस्थित भेरी नदी किनारमा भेटिएको थियो।

दुर्घटना भएको टिप्पर वडा नं. ११ को चिसापानीबाट वडा नं. १४ को छेपारेतर्फ जाँदै गर्दा नदीमा खसेको थियो।

स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा शव भेटिएसँगै पीडित परिवारलाई शव बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077