Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आइतबारदेखि गोसाइँकुण्डमा बेपत्ता २ युवा अझै भेटिएनन्

आइतबारदेखि गोसाइँकुण्डमा बेपत्ता २ युवा अझै भेटिएनन्

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । पौडी खेल्ने क्रममा आइतबार रसुवाको गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवक अझै फेला परेका छैनन्।

१ हजार ३० हेक्टर क्षेत्रफलमा फैलिएको गोसाइँकुण्ड तालमा नुहाउन पसेका उनीहरु बेपत्ता भएका हुन् ।

उनीहरूको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको छ।

रसुवाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङको विराटनगरका २८ वर्षीय सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन्।

गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेको हुनसक्ने आँकलन गरिएको छ।

बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका छन्।

चारहजार ३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077