Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुई जना पक्राउ

नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुई जना पक्राउ

सोमवार , श्रावण १२, २०८२

भक्तपुर । नक्कली सुन देखाएर ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने नुवाकोटका २२ वर्षीय सुमन तामाङ छन् ।

दुवैले २०८१ फागुन २५ गते सूर्यविनायक नगरपालिका-६ बस्ने ओखलढुङ्गा घर भएका पीडितलाई भक्तपुर इबामोरा चोकनजिक बोलाएर उनको साथबाट १२ लाख रूपैयाँ ठगेको खुलेको छ।

यस्तै २०८२ जेठ २७ गते भक्तपुर राधेराधे बस्ने दोलखाका पीडितलाई भक्तपुर पान्डुबजारनजिक बोलाएर ९ लाख ५० हजार रूपैयाँ लिई फरार भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077