Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा समाजवादी मोर्चाको गतिविधि, विभिन्न विधेयकलगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् ।

समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र त्यसलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल भएको बताइएको छ ।

त्यस्तै शिक्षासम्बन्धी विधेयक, निजामती विधेयकलाई रोक्ने प्रयास भएकाले यसलाई अघि बढाउन दुई पार्टीले सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल भएको छ ।

त्यस्तै दुई पार्टीका कार्यकर्ताबीचको सहकार्यलाई समृद्ध र व्यवस्थित गर्दै लैजाने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077