काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत निरीक्षण गरेका छन् ।
मङ्गलवार बिहान सडक विभागका अधिकारीहरू सहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन् ।
त्यस क्रममा उनले बाकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिए ।
सडक विभागका महानिर्देशक विजय जैशीले सुरङ्ग मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिए ।