Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पहिरोले अवरुद्ध भयो बेंसीसहर–चामे सडक, विद्युत र इन्टरनेट सेवा ठप्प

पहिरोले अवरुद्ध भयो बेंसीसहर–चामे सडक, विद्युत र इन्टरनेट सेवा ठप्प

मंगलवार , श्रावण १३, २०८२

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ को हावाडाँडा र जगतबीचको सडकखण्डमा सोमबार राति ठूलो पहिरो खस्दा बेंसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

स्थानीयबासी र प्रहरीका अनुसार पहिरोसँगै ठूला ढुंगासमेत खसेकाले सडक पूरै अवरुद्ध भएको हो ।

मर्स्याङ्दी गाउँपालिका–४ जगत निवासी खुसीराम गुरुङका अनुसार पहिरो खस्नासाथ दुवैतर्फको यातायात रोकिएको छ । सवारीसाधन र यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरोका कारण विद्युत र इन्टरनेट सेवा पनि पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोले ३३ केभी र ११ केभी क्षमताका विद्युत पोलसहित इन्टरनेटका पोलहरु ढालेको छ भने तारहरु चुँडिएका छन् । पहिरो पन्छाउने प्रयास तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077