Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

एक वर्षमा कति भए लागूऔषध बरामद ?

एक वर्षमा कति भए लागूऔषध बरामद ?

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा लागूऔषध नियन्त्रण ब्यूरो तथा मातहत कार्यालयहरूले १ हजार ६७५ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

ब्यूरोका अनुसार सोही अवधिमा १ हजार १३२ वटा मुद्दा दर्ता भएका छन् ।

यस अवधिमा ठूलो मात्रामा विभिन्न प्रकारका लागूऔषधहरू बरामद गरिएका छन्। बरामद भएका लागूऔषधमध्ये कोकिन मात्रै १८ किलो ९१९ ग्राम रहेको ब्यूरोले जनाएको छ।

त्यस्तै, २५ किलो २३७ ग्राम हेरोइन, २८ किलो अफिम, २७२ ग्राम एम्फेटामाइन, ३,२५० किलो चरेश/गाँजा तथा थाइल्याण्डबाट आयात गरिएको २०७ किलो गाँजा बरामद गरिएको छ।

ब्यूरोका अनुसार गत आर्थिक वर्षमा औषधीजन्य नियन्त्रित एम्पुल ५८ हजार ५७ थान, ट्रामाडोल क्याप्सुल १० लाख २८ हजार १०२ थान, नाइट्रोभेट ट्याब्लेट १ लाख १९ हजार ९८२ थान, कोडिन सिरप ४७ लिटर, ईफ्रिड्रिन ८५४ ग्राम र एलएसडी १९१ पिस बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077