काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेसमा विद्युत् आपूर्तिको बिषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेसमा तत्काल ५०० बोरिङ जडान गर्ने घोषणा गरेपछि शाक्यले आज जनकपुर वितरण केन्द्रका प्रमुखसँग विद्युत् आपूर्तिको बिषयमा छलफल गरेका हुन् ।
सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाहीलगायत मधेसका जिल्लामा बोरिङ जडान गर्ने ठाउँमा प्रतियुनिट आठ रुपैयाँ पर्ने बिजुली सिँचाइका लागि प्राधिकरणले तीन रुपैयाँमा दिने शाक्यले बताएका छन् ।