Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

समाजवादी मोर्चा खारेज गरौँ : विप्लव

समाजवादी मोर्चा खारेज गरौँ : विप्लव

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा खारेजको प्रस्ताव गरेका छन् ।

मंगलबार नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा आफ्नै संयोजनमा बसेको बैठकमा विप्लवले मोर्चा खारेजीको प्रस्ताव गरेका हुन् । 

“चैत्र १५ गतेको कार्यक्रम निकै प्रभावकारी भयो । प्रतिगमन र यथास्थितिवादको विरुद्धमा भव्य कार्यक्रम भयो । त्यसपछि आ–आफ्नै व्यस्तताले मोर्चा गतिशील भएन । त्यसैले काम सकिएन भने किन राख्ने ? खारेज गरौँ भन्ने कुरा गर्नुभयो,” एक नेताले भने, “उहाँले नकारात्मकभन्दा पनि प्रभावकारी बनाऔँ भन्ने क्रममा भन्नुभएको हो ।” 

बैठकले यसअघिको समीक्षा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चालाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077