एजेन्सी । रूसले युक्रेनको एक जेलमा ग्लाइड बम र व्यालेस्टिक मिसाइलहरूद्वारा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
रूसले यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको केही घण्टापछि गरेको हो । ट्रम्पले रूसलाई युक्रेनसँग सम्झौता नगरेमा कडा प्रतिबन्ध र करको सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।
रूसले युक्रेनको दक्षिण–पूर्वी जापोरिजिया क्षेत्रमा रहेको जेललाई निसाना बनाएर हवाई आक्रमण गरेको हो । यो आक्रमण सोमबार राति भएको थियो ।
आक्रमणका क्रममा जेललाई निसाना बनाएर चारवटा बम खसालिए । यसमा कम्तीमा १७ कैदीको मृत्यु भएको छ र ८० भन्दा बढी घाइते भएका छन् ।
केन्द्रीय युक्रेनको डनीप्रो क्षेत्रमा रूसी मिसाइलहरूले तीनतले भवनलाई निसाना बनाए र नजिकैका चिकित्सा संस्थाहरूलाई क्षति पुर्याएको छ ।