Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा, १० वर्ष जेल सजाय र ३ लाख जरिवानाको माग

पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा, १० वर्ष जेल सजाय र ३ लाख जरिवानाको माग

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतमा औपचारिक रूपमा मुद्दा दायर गरिएको छ ।

प्रहरी अनुसन्धानको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंगलबार मुद्दा दायर गरेको हो ।

राजेश अहिराजमाथि २०८१ साल जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा एक महिलामाथि बलात्कार गरेको आरोप छ । पीडितको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले घटनाबारे संकलन गरेको प्रमाणका आधारमा अहिराजमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २१९ (२) अन्तर्गत बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

मुद्दामा ७ वर्षदेखि १० वर्षसम्मको जेल सजाय र ३ लाख रुपैयाँ जरिवानाको माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077