Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्यालेस्टिनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बेलायतको तयारी

प्यालेस्टिनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बेलायतको तयारी

बुधवार , श्रावण १४, २०८२

एजेन्सी । बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले प्यालेस्टिनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने बताएका छन् ।

उनले संयुक्त राष्ट्रसङ्घको महासभाको आगामी सेप्टेम्बर बैठकमा प्यालेस्टिनलाई स्वतन्त्र राष्ट्रका रुपमा मान्यता दिने निर्णय गर्ने बताएका हुन् । तर, यसका लागि उनले केही सर्तहरू राखेका छन्।

प्रधानमन्त्री सिर कियर स्टार्मरले भने, ‘बेलायतले सेप्टेम्बरमा प्यालेस्टिनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिनेछ, यदि इजरायलले गाजामा भइरहेको भयावह परिस्थितिको अन्त्य गर्न ठोस कदम नचालेमा।’

प्रधानमन्त्रीले भने, ‘इजरायलले युद्ध विराममा सहमति जनाउनु पर्नेछ, दुई–राष्ट्र समाधान दिने दीर्घकालीन र दिगो शान्तिका लागि प्रतिबद्ध हुनुपर्नेछ, र संयुक्त राष्ट्रसंघलाई मानवीय सहयोग पुनः आपूर्ति गर्न दिनुपर्नेछ ।’

यदि यी सर्तहरू पुरा भएनन् भने बेलायतले सेप्टेम्बरको संयुक्त राष्ट्र महासभामा प्यालेस्टिनलाई मान्यता दिने निर्णय गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077