Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

२३ वर्षअघि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर, अहिले पोखराबाट पक्राउ

२३ वर्षअघि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर, अहिले पोखराबाट पक्राउ

बुधवार , श्रावण १४, २०८२

स्याङ्जा । झण्डै २३ वर्षअघि स्याङ्जामा घटेको कर्तव्य ज्यान घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार २०५० साल फागुनमा रत्नपुर गाविस–२, धुर्कोट (हाल चापाकोट नगरपालिका–२०) मा आयोजित विवाह समारोहका क्रममा स्थानीय ६० वर्षीय हस्ते विकमाथि कुटपिट भएको थियो । उपचारका क्रममा विकको मृत्यु भएपछि घटना कर्तव्य ज्यानमा रूपान्तरित भएको थियो।

उक्त घटनामा संलग्न रहेका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई सर्वोच्च अदालतले २०५९ असोज ७ गते २ वर्ष कैद सजाय सुनाएको थियो । तर फैसलापछि उनी फरार रहँदै आएका थिए ।

विशेष सूचनाका आधारमा स्याङ्जा प्रहरीले खटाएको अपरेसन टोलीले उनलाई कास्कीको पोखरा महानगरपालिका–१७, तल्लो बिरौटा टोलबाट मंगलबार पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार अब उनलाई स्याङ्जा जिल्ला अदालतमा प्रस्तुत गरी कैद भुक्तानको प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077