Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दिक्तेलका मेयर भट्टराईको अनशनको विषय पुग्यो संसदमा

दिक्तेलका मेयर भट्टराईको अनशनको विषय पुग्यो संसदमा

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको अनशनको विषयले संसदमा प्रवेश पाएको छ ।

बुधबार राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीले मेयर देशव्यापीरूपमा बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने सहितस्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने ७ बुँदे मागप्रति सरकार गम्भीर बन्न आवश्यक रहेको बताए ।

जसमा जलवायु परिवर्तनलाई असर गर्ने वस्तुहरूको प्रयोगमा रोक लगाउनुपर्ने, बाँस लगायतका कच्चा पदार्थको सदुपयोग गरिनुपर्ने विषय छ । पलास्किटजन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउनुपर्ने, पहाडमा हुन सक्ने भूक्षय न्युनीकरण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने माग मेयर भट्टराईको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077