Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता हुँदै, मन्त्रीपरिषद् पुनर्गठनबारे छलफल हुने

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता हुँदै, मन्त्रीपरिषद् पुनर्गठनबारे छलफल हुने

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दुई नेताबीच उच्चस्तरीय राजनीतिक छलफलको तयारी भइरहेको पुष्टि गरेको हो ।

भेटवार्ताको मुख्य एजेन्डा मन्त्रिपरिषद् पुनर्गठन रहेको बताइएको छ । प्रधानमन्त्री ओली हाल कार्यसम्पादनमा कमजोर ठहरिएका केही मन्त्रीहरूलाई हटाएर नयाँ अनुहार ल्याउने तयारीमा छन् । सोही सन्दर्भमा सत्ता साझेदार नेपाली कांग्रेससँग परामर्श गर्न ओलीले देउवासँग छलफल गर्न लागेका हुन्।

सत्तारुढ गठबन्धनभित्र मन्त्रीको संख्यादेखि कार्यविभाजनसम्मका विषयहरूमा बेलाबेलामा असमझदारी देखिँदै आएको छ । यतिबेला केही मन्त्रालयमा कार्यक्षमता, समन्वय र जनअपेक्षा सम्बोधनमा कमजोरी देखिएको भन्दै आलोचना भइरहेको छ।

प्रधानमन्त्री ओली मन्त्रिपरिषद्‌लाई प्रभावकारी बनाउने उद्देश्यले फेरबदलको तयारीमा रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077